इलाममा एसइइको नतिजा सुधारका लागि अनलाइन कक्षा सञ्चालन
इलाममा पछिल्ला वर्षहरूमा एसइइको नतिजा खस्कँदै गएको अवस्थालाई मध्यनजर गर्दै नतिजा सुधार गर्ने उद्देश्यसहित अनलाइन कक्षा सञ्चालन गरिएको छ । ‘भर्चुअल एजुकेशन हब’ स्थापना गरी विशेष गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर अनलाइन माध्यमबाट पठनपाठन सुरु गरिएको हो । इलाम नगरपालिका–७ फुलगाछीमा मा स्थापना गरिएको उक्त हबको उदघाटन शिक्षक तीर्थमान राईले गर्नुभएको हो । हबका सञ्चालक तारा पोर्तेल रहनुभएको छ । भर्चुअल एजुकेशन हबका शैक्षिक परामर्श संयोजक दीपक गजमेरका अनुसार हाल अनलाइन माध्यमबाट तीन जना अनुभवी शिक्षकद्वारा अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा सञ्चालन भइरहेको छ । हाल ८० जना विद्यार्थी हबमा आबद्ध भई अध्ययनरत रहेका छन् । अनलाइन कक्षा मार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा, नियमित अभ्यास तथा विषयगत स्पष्टता प्रदान गर्ने लक्ष्य राखिएको हबले जनाएको छ । यस पहलले आगामी दिनमा इलामको एसइइ नतिजामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । स्थानीय स्तरमै प्रविधिको उपयोग गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई अभिभावक तथा विद्यार्थीहरूले सकारात्मक रूपमा लिएका छन् ।
पहिलो दिनमै सेवाग्राहीको भिड इलाम ५ मा निशुल्क स्वास्थ्य शिविर चैत २९ सम्म सञ्चालन हुने ।
इलाम नगरपालिका–५ मा आजबाट सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिनमै सेवाग्राहीको उल्लेखनीय भीड देखिएको छ । स्थानीय बासिन्दासहित
आर्ट अफ लिभिङ नेपाल, इलाम सेन्टरको भवन सिलान्यास
इलामर द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवनको इलाम नगरपालिकी उप(प्रमुख विष्णु कुमारी लिम्बू दाहालज्यू र संस्थाकी केन्द्रिय संयोजक देवीका
सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार
नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।
.png)





प्रतिकृया दिनुहोस